हामी नेकपातिर नै फर्किनुपर्छः प्रचण्ड
काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू एकताबद्ध भएर जानुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपालका कम्युनिष्टहरू एकठाउँ उभिने बेला आएको बताएका हुन्।
आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन उपलब्धि, चुनौती र सम्भावना’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, 'हामी ध्रुवीकरणकै पक्षमा जाऊँ राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्दछ भन्ने पक्षमा छौँ।
अहिले माधव कुमार नेपाललगायत नेताहरूसँग एकताका विषयमा छलफल भइरहेको उनले बताए। उनले भने, हामी नेकपातिर नै फर्किनुपर्छ। कम्युनिष्ट पार्टीभित्र नेतृत्वलाई भन्ने के गरिन्छ भने चाबी हो नेतृत्व भनेको। हो पनि।
नेतृत्वले गलत विचार र प्रवृत्ति अंगीकार गर्यो भने धेरै ठूलो क्षति हुने उनले बताए।
उनले कम्युनिष्टहरू अलग हुँदा अपेक्षित परिणाम दिन नसकिएको बताए। 'अब समय आएको छ, आउनुस् कमरेडहरू अब कम्युनिष्ट पार्टीहरू एकठाउँ बनाउँ र जनताको पक्षमा काम गरौँ,' उनले भने।
विगतमा एमालेसँग एकता भए पनि त्यसलाई बचाइराख्न नसकेको प्रति उनले दुःख व्यक्त गरे। भने, 'त्यसलाई हामीले बचाइराख्न सकेनौँ । हामी फन्डामेन्टल तहबाटै छुट्टियौँ । अब पुनः जुट्नुपर्छ ।'
वैशाख १०, २०८० आइतबार १६:१६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।