हिट जोडी दयाहाङ र मिरुनाको अभिनय रहेको ‘नाङ्गो गाउँ’ भदौ २९ मा रिलिज हुने

हिट जोडी दयाहाङ र मिरुनाको अभिनय रहेको ‘नाङ्गो गाउँ’ भदौ २९ मा रिलिज हुने

काठमाडौँ : दयाहाङ राई र मिरुना मगरको अभिनय रहेको फिल्म ‘नाङ्गो गाउँ’को भदौ २९ गते रिलिज हुने भएको छ। निर्माण टिमले तीज पारेर फिल्म रिलिज गर्न लागेको हो।

पछिल्लो समय दयाहाङ र मिरुनाको जोडीले हिट फिल्म दिइरहेका छन्। फिल्म ‘कबड्डी ४ हिट भएको थियो। अहिले हलमा लागिरहेको 'जारी’ ले समेत सुखद व्यापार गरिरहेको छ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनेता दयाहाङ, अभिनेत्री मिरुना, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा मुख्य भूमिकामा छन्।

हिमाल शर्माको प्रस्तुति रहेको फिल्ममा जय श्रेष्ठले लगानी गरेका हुन्। फिल्मको फस्टलुकमा निर्माणपक्षले कुनै पनि कलाकारको तस्बिर प्रयोग गरेको छैन। 

वैशाख १०, २०८० आइतबार १५:१२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।