एमाले नेतृत्वको गण्डकी सरकार ढल्यो
कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन सकेनन्। उनको प्रस्ताव बहुमतले अस्वीकृत भयो।
शनिवार बसेको प्रदेशसभा बैठकमा उनको प्रस्तावको विपक्षमा ३५ मत पर्यो। पक्षमा जम्मा २४।
एमालेको २२ र राप्रपाका २ सांसद पक्षमा उभिए माओवादीका ७, कांग्रेसका २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिए।
६० सदस्यीय प्रदेशसभामा सरकार बन्न ३१ मतको आवश्यक पर्छ। प्रदेशसभाका कांग्रेसका सबैभन्दा धेरै २७ सिट छ। एमालेको २२, सभामुखसहित माओवादी केन्द्रका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन्।
अब प्रदेश संसद्को सबैभन्दा ठुलो दलको हैसियतमा कांग्रेसले नेतृत्वको अवसर पाउनेछ। एमाले-माओवादी गठबन्धन अगाडि सुरेन्द्र पाण्डेको नाम मुख्यमन्त्रीको रूपमा चर्चामा थियो।
वैशाख ९, २०८० शनिबार २२:१९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।