लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको महाधिवेशन बुटवलमा
बुटवल : बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन हुने भएको छ।
अधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक गरि ५ सय जनाको सहभागिता रहने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं महाधिवेशन आयोजक समितिका संयोजक नारायण खनाल लेकालीले जानकारी दिए।
वैशाख १६ गतेदेखि बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने महाधिवेशनको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको लेकालीले जानकारी दिए।
महाधिवेशनको बन्द सत्र भने बुटवल १२ नयाँगाउँस्थित मुक्तिनाथ धाममा हुने गरि तयारी गरिएको छ। महाधिवेशनका लागि १५ वटा विभिन्न उपसमिति गठन गरि तयारीका कामहरू अघि बढाइएको लेकालीले बताए।
दुईदिन सम्मे चल्ने महाधिवेशनमा लोकसंस्कृतिको उद्गमस्थल मानिने लुम्बिनी र गण्डकीका विभिन्न स्थानका मौलिक भजन तथा चुड्काहरुको प्रस्तुतिसमेत हुनेछ। महाधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ।
नेपालको पुरानो र मौलिक संस्कृतिको रूपमा रहेको भजन तथा चुड्काहरूको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले २०६७ सालमा प्रतिष्ठानको स्थापना गरिएको थियो।
वैशाख ९, २०८० शनिबार १८:०७:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।