आईपीएल : कप्तान हार्दिकको अर्धशतकमा लखनउलाई गुजरातको १३६ रनको लक्ष्य
काठमाडौं : आईपीएल २०२३ मा शनिबारको पहिलो खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ।
लखनउमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको हो।
गुजरातको टोलीले अन्तिम ५ ओभरमा ४३ रन बनाएको थियो।
गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक रन बनाए। उनले ५० बलमा २ चौका र चार छक्काको मद्दतले ६६ रन जोडे।
ओपनर शुभमन गिल शून्यमा आउट हुँदा तेस्रो नम्बरमा ब्याटिङका लागि हार्दिक पाण्ड्या र दोस्रो ओपनर ऋद्धिमान साहाले दोस्रो विकेटका लागि ७१ रन जोडे।
साहा ३७ बलमा ४७ रन बनाएर आउट भए।
लखनउका लागि मार्क स्टोइनिस र क्रुणाल पाण्ड्याले समान दुई–दुई विकेट लिए।
वैशाख ९, २०८० शनिबार १७:५९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।