राहुल गान्धीले खाली गरे सरकारी निवास

राहुल गान्धीले खाली गरे सरकारी निवास

एजेन्सी : भारतीय कांग्रेसका नेता राहुल गान्धीले दिल्लीस्थित सरकारी निवास खाली गरेका छन्।

गत महिना, गुजरातको एक अदालतले राहुल गान्धीलाई मानहानी मुद्दामा दोषी ठहर गरेपछि उनको लोकसभाको सदस्यता रद्द गरिएको थियो।

लोकसभा सदस्यता खारेज भएसँगै उनले आफू बस्दै आएको सरकारी निवास खाली गरेका हुन्।

गत महिना, सुरतको एक अदालतले उनलाई चार वर्ष पुरानो आपराधिक मानहानी मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको थियो।

कांग्रेसका वरिष्ठ नेता शशि थरुरले भने, ‘राहुल गान्धीले लोकसभा सचिवालयको आदेशमा आज आफ्नो सरकारी निवास खाली गर्नुभयो।’

लोकसभा सचिवालयका उपसचिव मोहित राजनले मार्च २७ मा जारी गरेको एउटा पत्रमा राहुल गान्धीलाई सांसदको रूपमा दिइएको सरकारी आवास खाली गर्न एक महिनाको सूचना दिइएको थियो।

वैशाख ९, २०८० शनिबार १७:५२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।