१७ वर्षीया किशोरी बलात्कार अभियोगमा एक जना पक्राउ

कपिलवस्तु : १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको बुद्धभुमी नगरपालिका–१ चङ्घाट बस्ने ३४ वर्षीय टोप बहादुर रायमाझी रहेका छन्। उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।
रायमाझीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
वैशाख ९, २०८० शनिबार १७:४६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।