सलमानको फिल्मको नौ वर्षयताकै कमजोर ‌ओपनिङ

सलमानको फिल्मको नौ वर्षयताकै कमजोर ‌ओपनिङ

एजेन्सी : सलमान खानको फिल्म ‘किसी का भाई, किसी की जान’ले ९ वर्षयताकै कमजोर ओपनिङ गरेको छ।

सन् २०१० देखि २०१९ सम्म रिलिज भएका सलमानको फिल्मको तुलना गर्दै फिल्म ट्रेड विज्ञ तरण आदर्शले ‘किसी का भाई, किसी की जान’को कमाइलाई कमजोर र निराशाजनक बताएका हुन्।

फिल्मले पहिलो दिन शुक्रबार १५ करोड ८१ लाख रूपैयाँको मात्र कमाइ गरेको उनले बताएका छन्। यद्यपि शनिबार इद भएकाले कमाइ अझै बढ्ने अनुमान भने उनले गरेका छन्।

यसअघि २१ अप्रिलमा हुने भनिएको फिल्मको प्रिमियम रद्द गरिएको थियो। प्रसिद्ध फिल्म निर्देशक यश चोपडाकी पत्नी पामेला चोपडाको मृत्युका कारण प्रिमियर रद्द गरिएको बलिउडलाइफले लेखेको छ।

सलमानले यश चोपडाको फिल्म कम्पनी यशराज फिल्म्ससँग मिलेर ‘टाइगर’ फिल्म बनाएका हुन्। ‘टाइगर’ सिरिजको तेस्रो फिल्म यसै वर्षको अन्त्यसम्ममा हलमा रिलिज हुनेछ।

वैशाख ९, २०८० शनिबार १६:५८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।