गण्डकीका मुख्यमन्त्रीले दिएनन् राजीनामा, गुहारे माओवादी
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत दिन आग्रह गरेका छन्।
अल्पमतमा परिसकेको अवस्थामा संसदमा राजीनामाको घोषणा गर्ने आँकलन भइरहेका बेला उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।
उनले विशेषतः माओवादी केन्द्रसँग सहयोग मागेका छन्। सरकार निर्माण गर्दा जनाएको सहकार्यको प्रतिवद्धता कार्यान्वयन गर्न उनले आग्रह गरेका छन्।
‘प्रदेश सरकार निर्माणको बेलामा गरेको सहकार्यको प्रतिबद्धता कार्यान्वयन गर्न अनुरोध गर्दछु,’ उनले भने, ‘आफैँले निर्माण गरेको सरकारलाई सहयोग गर्ने तपाई्रहरूको दायित्व हो।’
राजनीतिक पार्टीहरु नीति, विचार, नेतृत्व र विधिले चल्ने भन्दै उनले पार्टीगत क्षणिक स्वार्थलाई प्राथमिकतामा राखेर गरिने कामहरु गैरराजनीतिक हुने बताए।
वैशाख ९, २०८० शनिबार १६:०३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।