पृथ्वी राजमार्गको तनहुँ-१ मा आइतबार १२ घण्टा सवारी आवागमनमा रोक
काठमाडौं : तनहुँ–१ मा उपनिर्वाचन हुने भएपछि आइतबार पृथ्वी राजमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ।
विहान पाँच बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा गाडी चल्न नदिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पृथ्वी राजमार्ग हुँदै तनहुँ कटेर अन्त जाने यात्रुहरूले आइतबार बिहान ५ बजेअघि वा साँझ ५ बजेपछि यात्रा गर्नसमेत प्रशासनले आग्रह गरेको छ।
२०७९ मंसिरको निर्वाचनबाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्लेलगायत ९ जना उम्मेदवार छन्।
वैशाख ९, २०८० शनिबार १५:४३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।