कैलालीमा स्कर्पियो दुर्घटना हुँदा १ जनाको मृत्यु,पाँच जना घाइते
काठमाडौं : कैलालीमा स्कर्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्टनजिकै बा १५ च ४६३७ नम्बरको स्कर्पियो दुर्घटनामा धनगढी उपमहानगरपालिका–११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय वसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनु खाँण चन्दको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।
हरिद्वारबाट आएको स्कर्पियो अनियन्त्रित भएर दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
वैशाख ९, २०८० शनिबार १४:४९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।