पदमको शवयात्रामा पनि विराटनगर तनावग्रस्त, अश्रुग्यास प्रहार

पदमको शवयात्रामा पनि विराटनगर तनावग्रस्त, अश्रुग्यास प्रहार
तस्बिर- अर्जुन आचार्य/विराटनगर

काठमाडौं : ‘कोशी’ नाम खारेजी माग गर्दै भएको आन्दोनमा ज्यान गुमाएका पदम लिम्बूको शव यात्रामा विराटनगर तनावग्रस्त बनेको छ।

चैत ५  गते  मा विराटनगरमा घाइते भएका उनको चैत १० मा मृत्यु भएको थियो। सरकारले उनलाई सहिद घोषणा गरेपछि बल्ल आज उनको अन्त्येष्टी हुँदैछ।

अन्त्येष्टी अघि उनको शव विराटनगरमा परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले ब्यारिकेड लगाएको छ।त्यहि ब्यारिकेड तोडेर अघि बढ्न खोजेका आन्दोलनकारीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो।

त्यसक्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। अहिले पनि प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी चलिरहेको छ।

वैशाख ९, २०८० शनिबार १४:३६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।