सुरक्षा पन्त : क्यारेक्टर हिट, फिल्म फ्लप

सुरक्षा पन्त : क्यारेक्टर हिट, फिल्म फ्लप

काठमाडौं : ‘ रिजेक्ट गरेको कुनै फिल्म सुपरहिट भएको छ?’*

कलाकार स्वस्तिमा खड्काले सुरक्षा पन्तलाई एक कार्यक्रममा पाहुना बनाएर निम्त्याइन् र यो प्रश्न गरिन्। स्वस्तिमाले यो प्रश्न ‘नेभर ह्याभ आई एभर’ भन्ने सेग्मेन्टका लागि सोधेकी थिइन्।

प्रश्नपछि सुरुमा सुरक्षाले असहज महसुस गरिन्। मुन्टो निहुराइन् र ‘आई ह्याभ’ वाला देखाउँ या अर्को भन्नेमा दोधारे बनिन्।

अन्त्यमा हाँस्दै छैन भनिन् र ‘आई ह्याभ नेभर’ भन्ने पम्प्लेट माथि उचालिन्। छेउमा बसेकी स्वस्तिमाले शिर ठाडो पारेर ‘आई ह्याभ’ वाला पम्प्लेट देखाइन्। उनले सुपरहिट फिल्म रिजेक्ट गरेको मात्रै हैन अहिलेसम्म अभिनय गरेका फिल्म सुपरहिट भएको पनि छैन।

किन स्वस्तिमा सुपरहिट फिल्मकी हिरोइन भइन् तर सुरक्षाको अहिलेसम्म सुपरहिट फिल्म छैन? लगातार दुई फिल्महरु बहाव र बुलाकी फ्लप भएसँगै यी प्रश्नहरु आम दर्शकको मनमा छाउन थालेको छ।

चरित्रमा भिज्न रुचाउने दुई भर्सटायल अभिनेत्रीले निर्वाह गरेका क्यारेक्टर र त्यसमा गरिएको मेहनत हेर्ने हो भने पल्ला भारी सुरक्षाकै हुन्छ।

सन् २०१५ मा सँगै सहायक पात्रबाट करियर सुरु गरेका यी दुई कलाकारको संघर्ष, अहिलेसम्म गरेका काम र अभिनय हेर्ने हो भने पनि केही हदसम्म सुरक्षाको अंक माथि पर्न जान्छ।

डाक्टर पढ्न आए पनि छात्रवृत्तिमा नाम निस्केन। उनि इन्जिनियर बनिन्। इन्जिनियरिङमा मास्टर्स गर्नुअघि नै फिल्म ‘अझै पनि’ मा डेब्यु भइन्। फिल्म खासै चलेन तर सुरक्षा चलिन्।

तर पनि किन स्वस्तिमा सुपरहिट फिल्मकी हिरोइन भइन् तर सुरक्षाको अहिलेसम्म सुपरहिट फिल्म छैन? लगातार दुई फिल्महरु ‘बहाव‘ र ‘बुलाकी’ फ्लप भएसँगै यी प्रश्नहरु आम दर्शकको मनमा आउनु सामान्य हो।

कुखुरा बोक्ने गाडीमा काठमाडौं 

बुटवलमा जन्मिएकी सुरक्षा सानैदेखि पढाइमा अब्बल थिइन्। चार दिदीबहिनी र एक भाइको साथमा बाबुआमासँग बसेकी उनलाई त्यो घर छाड्ने हुटहुटी थियो। एसएलसीभन्दा अघि कहिल्यै घर नछाडेकी उनको सपनाको सहर थियो काठमाडौं। तर घरमा भन्ने कसरी!

पढाइमा भएको लगाव र मेहनतले उनलाई काठमाडौं आउने ढोका खुलायो। परिवारको छात्रवृत्तिमा डाक्टर बन्ने जिम्मेवारी बोकेर उनि सपनाको सहर आइन्।

काठमाडौं आउँदा कुखुराको गाडीमा आएको कुरा उनले विभिन्न अन्तर्वार्ताहरुमा बताएकी छन्। कुखुरा बोक्ने गाडीले सुरक्षालाई काठमाडौंको खाल्टोमा उतारिदियो।

उनको बौद्धिकताले फिल्म क्षेत्रलाई प्रभावित बनाइरह्यो। उनि नेपालमा थोरै संख्यामा रहेका बौद्धिक अभिनेत्रीहरु मध्ये एक हुन्।

बुटवलको हपक्क गर्मीमा हुर्किएकी उनलाई पहिलो पटक काठमाडौं आउँदा सुरुवाती दिनहरुमा काठमाडौंको मौसम र काठमाडौं दुवै निकै चिसो लागेको थियो। बिस्तारै यही चिसोमा उनि रुमलिन थालिन्।

डाक्टर पढ्न आए पनि छात्रवृत्तिमा नाम निस्केन। उनि इन्जिनियर बनिन्। इन्जिनियरिङमा मास्टर्स गर्नुअघि नै फिल्म ‘अझै पनि’ मा डेब्यु भइन्। फिल्म खासै चलेन तर सुरक्षा चलिन्।

त्यसपछि उनले लगातार फिल्महरु पाइरहिन्। उनले निर्वाह गरेका चरित्रहरु सधैं चर्चामा आइरह्यो।

उनको बौद्धिकताले फिल्म क्षेत्रलाई प्रभावित बनाइरह्यो। उनि नेपालमा थोरै संख्यामा रहेका बौद्धिक अभिनेत्रीहरुमध्ये एक हुन्।

चरित्रका लागि कपाल काट्नेदेखि भाषा सिक्नेसम्म

पहिले टेलिभिजन होस्टको रुपमा काम गरेकी सुरक्षाले ‘अझै पनि’ फिल्ममा सहायक भुमिकामा डेब्यु गर्दा साइँली पात्रको भुमिका निर्वाह गरिन्। चरित्र लेखनदेखि कथावस्तु र फिल्म सबैतिर समस्या भएकैले यो फिल्म चलेन। 

फिल्म नचले पनि उनि एउटा राम्रो समूहको फिल्ममा पुगिन्, ‘धनपति’। एक ड्राइभर धनपतिले परिवार पाल्न गरेको संघर्षमा आधारित यो फिल्म अन्य मसलेदार फिल्म भन्दा फरक छ।

धनपतिकी श्रीमती बनेकी सुरक्षाले यो फिल्ममा आफूलाई धेरै सुधारिन्। चरित्र निर्माणमा उनले गरेको मेहनत धनपतिमा देखियो। तर धनपति पनि खासै पैसा कमाउने फिल्म बन्न सकेन।

धेरैले आमामा कपाल काटेको दृष्यलाई झोलाकी गरिमा पन्तसँग तुलना गरे। कतिपयले गरिमा पन्त जस्तै सुरक्षा पन्त समेत भन्न भ्याए।

धनपति पछि उनले लगातार ‘भैरे’, ‘रोमियो एण्ड मुन्ना’ र ‘चङ्गा चेट’ मा काम गरिन्। यी तीनओटै फिल्महरुले न समाजमा प्रभाव छाड्न सक्यो, न बक्स अफिसमा नै।

सुरक्षालाई तीनओटै फिल्म गर्नु र नगर्नु बराबर भयो।

त्यसपछि उनले अभिनय गरिन्, फिल्म ‘गोपी’मा। समीक्षकको राम्रो प्रशंसा पाए पनि फिल्म गोपीले लगानी समेत सुरक्षित गर्न सकेन। फिल्मले यतिसम्म डुबायो कि, यसका निर्माता श्रीधर पौडेल फिल्म बुझ्ने झोकमा कलेज नै भर्ना भए र फिल्म पढ्न थाले।

तर सुरक्षाको अभिनय र चरित्रले भने गोपी फिल्ममा प्रशंसा बटुल्यो।

त्यसपछि उनि चरित्रमा झनै घुस्न थालिन्। ‘आमा’ फिल्ममा चरित्रका लागि भन्दै कपाल समेत काटिन्। उनले कपाल काटेकै भरमा समेत फिल्मको प्रचारप्रसार चुलीमा पुग्यो। फिल्मले औसत प्रशंसा पायो।

धेरैले आमामा कपाल काटेको दृष्यलाई झोलाकी गरिमा पन्तसँग तुलना गरे। कतिपयले गरिमा पन्त जस्तै सुरक्षा पन्त समेत भन्न भ्याए।

आमापछि उनले धेरै फिल्ममा काम गरिन्। ‘घर’ नामको हरर फिल्मदेखि ‘के घर के डेरा’सम्ममा उनको अभिनय रह्यो।

‘बहाव‘देखि ‘बुलाकी’सम्ममा उनले फरक चरित्रमा काम गरिन्। छोटा फिल्महरुदेखि म्युजिक भिडियोसम्म सबैमा काम गर्ने अनुभव लिइसकिन् उनले।

फिल्म बहावमा उनले कलेज पढ्ने आफूभन्दा निकै कम उमेरकी केटीको भुमिका निर्वाह गरिन्। उनले गरेका अभिनय कथाको हिसाबले लाउड भए पनि जटिल प्रकृतिको थियो। साइकोलोजीकल थ्रीलर भाइब्स दिन उनी सफल भएकी थिइन्।

सुरक्षाका लागि हिट फिल्म दिन प्रायः नयाँ निर्देशकसँग काम गर्नु, कथा छनौटमा समय नदिनु र काम गर्ने टिम नहेर्नु लगायतका कुरा बाधक रहेका पो हुन् कि? 

त्यस्तै बुलाकी फिल्ममा सुदूरपश्चिमको भाषामा बोल्ने मात्रै हैन, उनले आफ्नै आवाजमा सुदूरपश्चिमकै भाषामा गीत समेत गाएकी छन्।

जति पनि श्रव्यदृष्य सामग्रीमा उनले काम गरेकी छन्, सबैमा फरक गर्नै कोसिस गरेकी छन्। पात्रलाई न्याय दिएकी छन्।

तर उनले खेलेका फिल्महरु आर्थिक रुपमा भने खासै सफल भएका छैनन्।

चुम्बनका दृष्यमा उदार सुरक्षा

चरित्र निर्माणका क्रममा कथाले मागेअनुसार आफूलाई ढाल्ने काम सुरक्षाले हरेक फिल्ममा गरेकी छन्। उनका प्रायः फिल्ममा चुम्बनका दृष्य देख्न सकिन्छ। घर जस्तो हरर फिल्ममा समेत उनले खुलेर चुम्बन दिएकी छन्। भलै बेनिशा हमालको बेडसिन भन्दा त्यो कम थियो। 

बहावमा दिएको चुम्बनले त तहल्कै मच्चाएको थियो। नेपाली फिल्ममा अहिलेसम्मकै लामो चुम्बन भन्दै सञ्चारमाध्यममा हेडलाइन बनेका थिए। बुलाकी फिल्ममा पनि बेडसिनसँगै उनका चुम्बनका दृश्य छन्।

यसरी हेर्ने हो भने पात्रलाई जीवन्त बनाउन सुरक्षाले गरेको मेहनत अझै प्रष्ट हुन्छ। तर उनले अहिलेसम्म खेलेका फिल्महरु हेर्दा फिल्मलाई जीवन्त बनाउने चक्करमा कथा र काम गर्ने समूह छान्न भने नसकेको हो कि भन्ने भान हुन्छ। 

फ्रान्समा भएको ‘कान्स फिल्म फेस्टिबल’मा रेड कार्पेटमा हिंड्ने मौका पाउने पहिलो अभिनेत्री सुरक्षाले हिट फिल्म दिन प्रायः नयाँ निर्देशकसँग काम गर्नु, कथा छनौटमा समय नदिनु र काम गर्ने टिम नहेर्नु लगायतका कुरा बाधक बनेका पो हुन् कि! 

*'कुनै फिल्म सुपरहिट भएको छ भन्ने' लेखिएको र सो गलत भएको जानकारी पाए लगत्तै सच्याइएको छ।

९ बैशाख, २०८०, १३:५४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।