पीएसजीको जितमा एमबाप्पेको दुई गोल,​​​​​​​ लिग उपाधि सम्भावना बलियो

पीएसजीको जितमा एमबाप्पेको दुई गोल,​​​​​​​ लिग उपाधि सम्भावना बलियो

एजेन्सी :लिग लिडर​​​​​​​ पीएसजीले फ्रेन्च लिगमा घरेलु टोली एन्जर्सलाई २-१ गोलअन्तरले हराउँदै लिग उपाधि जित्ने सम्भावनालाई निकै बलियो बनाएको छ।

पीएसजीको जितमा दुवै गोल एमबाप्पेले गरेका हुन्।

गए राति भएको खेलमा एन्जर्सलाई उसकै घरेलु मैदानमा हराउन फ्रान्सेली फरवार्ड एमबाप्पेले खेलको नवौं र २६ औं मिनेटमा गोल गरेका थिए।

​​​​​​​खेलको ८७ औं मिनेटमा सादाले एन्जर्सको लागि एक गोल फर्काए पनि खेलमा फर्कन पर्याप्त भएन।

यो जितसँगै लिग लिडर पीएसजीले ११ अंकको अग्रता बनाएको छ। उसको ३२ खेलबाट ७५ अंक छ भने दोस्रो स्थानमा रहेको मार्सेलीको ७४ खेलबाट ६४ अंक छ।

अब लिगमा ६ खेल मात्र खेल्न बाँकी रहेको अवस्थामा पीएसजी कीर्तिमानी ११ औं पटक लिग उपाधिको निकै नजिक पुगेको छ।

९ बैशाख, २०८०, ०७:२४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।