केबल अपरेटलाई पाकिस्तान सरकारको चेतावनी- ‘भारतीय च्यानल प्रसारण गरे कारबाही हुन्छ’

केबल अपरेटलाई पाकिस्तान सरकारको चेतावनी- ‘भारतीय च्यानल प्रसारण गरे कारबाही हुन्छ’

एजेन्सी : पाकिस्तानको इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणले स्थानीय केबल टिभी अपरेटरहरूलाई भारतीय च्यानलहरूको प्रसारण बन्द गर्न निर्देशन दिएको छ।

शुक्रबार एक निर्देशन जारी गर्दै प्राधिकरणले निर्देशन पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

धेरै अपरेटरले सर्वोच्च अदालत र प्राधिकरणको नियम उल्लङ्घन गरेपछि निर्देशन जारी गरिएको  प्राधिकरणले जनाएको छ।

पाकिस्तानले भारतीय चलचित्र र टिभी च्यानललाई पटक–पटक प्रतिबन्ध लगाएको छ। 

सन् १९६५ को युद्धमा पहिलो पटक यस्तो भएको थियो र यो प्रतिबन्ध दशकौंसम्म जारी थियो। तर, सन् २००८ मा यो प्रतिबन्ध हटाइएको थियो।

त्यसपछि कश्मीर मुद्दामा दुई देशबीच तनाव बढेपछि २०१६ मा पुनः फेरि प्रतिबन्ध लगाइएको थियो।

लाहोर उच्च अदालतले २०१८ मा प्रतिबन्धको विरुद्धमा फैसला गरे पनि सर्वोच्च अदालतले २०१८ कै अक्टोबरमा यसलाई उल्ट्याइदिएको थियो।

वैशाख ८, २०८० शुक्रबार २२:३८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।