थप एक कोरोना संक्रमितको मृत्यु, १०६ जना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण उल्लेख छ।
योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २६ पुगेको छ।
योसँगै १ हजार ८८६ जनाको नमूना परीक्षणमा १ सय ६ जनामा संक्रमण पुष्टि भएको छ।
शुक्रबार ४६ जना संक्रमणमुक्त हुँदा ४ सय १४ जना सक्रिय संक्रमित छन््।
वैशाख ८, २०८० शुक्रबार १६:१८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।