सन्दीपले बनाए विश्व कीर्तिमान

सन्दीपले बनाए विश्व कीर्तिमान

काठमाडौं : एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा विकेट लिएसँगै सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन्।

ओमानविरुद्ध अदिल शफिकलाई आउट गर्दै उनले एक दिवसीय क्रिकेटकै दुर्लत कीर्तिमान बनाएका हुन्। सन्दीपले १३ औं ओभरको तेस्रो बलमा शफिकलाई १३ रनमा एलबीडब्लू आउट गर्दै उक्त दुर्लभ कीर्तिमान कायम बनाए।

सन्दीपले ४२ खेलमा १ सय विकेट पूरा गरेका छन्। यसअघि ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। उनले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए।

सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका सन्दीपले तीनवटा खेलमा पाँचवटा भन्दा बढि विकेट लिएका छन्।

वैशाख ८, २०८० शुक्रबार १४:२४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।