बैङ्किङ कसुरमा भागेका निर्माताको फिल्म चल्ला कि विकाश आचार्यको ?

बैङ्किङ कसुरमा भागेका निर्माताको फिल्म चल्ला कि विकाश आचार्यको ?

काठमाडौँ : बैङ्किङ कसुरमा पक्राउ पुर्जी जारी भएसँगै लगभग एक महिनादेखि प्रसाद-२ का निर्माता सुवास थापा फरार छन्।

अब निर्माता त्यो पनि निर्माता नै बनाइदिन्छु भनेर ठगेको केसमा फरार भएपछि फिल्मलाई नकारात्मक असर पर्ने नै भो। त्यसको जुक्ती निकाल्दै टिमका अन्य सदस्यले उनलाई प्रस्तुतकर्ता बनाएर निर्माताका रूपमा सुदर्शन बस्नेतलाई अगाडि सारेर प्रचार सुरु गरेका छन्।

पहिला सुवासले केशव पाण्डेलाई निर्माता बनाउँछु भनेर ६२ लाख ५० हजार लिए। ठगीको नियत देखेपछि पाण्डेले कि फिल्मको कानुनी अधिकार दिन या ६२ लाख ५० हजार दिन माग गरे।

थापाले पहिला ९० प्रतिशत कानुनी हक दिने कागज गरे। पछि ६२ लाख ५० हजारको चेक दिए।

तर न कागज अनुसार उनले फिल्मको अधिकार पाए न उनले दिएको पैसा अनुसारको चेक साटियो। थापाले बस्नेतलाई ल्याएर नयाँ पाट्नर बनाएर फिल्मको सुटिङ सक्काए।

थापाले निर्माताको प्रलोभनमा पारेर ठगी गरेको चाल पाएपछि पाण्डेले काठमाडौँ प्रहरी परिसरमा बैङ्किङ कसुरमा जाहेरी दिए। उच्च अदालत पाटनबाट पक्राउ आदेश आएपछि मोबाइल अफ गरेर लुकेर बसेका छन्।

चैत २४ गते फिल्म रिलिजको तयारी गरेपछि पाण्डे पुन उच्च अदालत पाटन गए। फिल्मको रिलिज रोकियो। दोस्रो सुनुवाइमा रिलिज खुल्यो तर फिल्ममा कसको कति साझेदारी भन्ने विवाद कायम छ।

६२ लाख ५० हजारको बैङ्किङ कसुरको जाहेरी कायमै छ। थापा भूमिगत बसेर फिल्म रिलिजको तयारीमा छन्। तर उनको फिल्मसँगै नाइँ नभन्नु ल-६ पनि सँगै रिलिज हुँदैछ।

अब निर्माता बनाउँछु भनेर ठगीको नियत राख्ने निर्माताको फिल्म चल्छ कि विकास आचार्यको त्यो अर्को साता खुलिहाल्छ।

वैशाख ८, २०८० शुक्रबार ०१:०७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।