दुई वर्ष सजाय तोकिएका राहुल गान्धीको पुनरावेदन अदालतद्वारा खारेज

दुई वर्ष सजाय तोकिएका राहुल गान्धीको पुनरावेदन अदालतद्वारा खारेज

एजेन्सी : भारतको सुरतस्थित एक अदालतले मानहानी मुद्दामा कांग्रेस नेता राहुल गान्धीको अपील खारेज गरेको छ।

मार्च २३ मा तल्लो तहको अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाउँदै फैसलालाई चुनौती दिन एक महिनाको समय पनि दिएको थियो।

२०१९ मा ‘मोदी उपनाम’को बारेमा दिएको बयानमा अदालतले दोषी ठहर गर्दै उनलाई दुई वर्षको जेल सजाय सुनाएको थियो। जसविरुद्ध उनले पुनरावेदन दायर गरेका थिए।

अदालतको फैसलापछि गत महिना नै राहुल गान्धीको लोकसभा सदस्यता खारेज भइसकेको छ। भारतको कानूनमा कुनै पनि सांसद्लाई दुई वर्ष वा सोभन्दा बढिको जेल सजाय सुनाएको अवस्थामा सदस्यता खारेज हुने व्यवस्था छ।

वैशाख ७, २०८० बिहीबार १२:१२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।