मातातीर्थ औंसीमा घट्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर
काठमाडौं : मातातीर्थ औंसी परेको साताको पाँचौं दिन सुनको मूल्य घट्दा चाँदीको स्थिर रहेको छ।
बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्दा चाँदीको मूल्य स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबार छापावाल सुन १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँमा कायम भएको छ।
यस्तै चाँदीको मूल्य भने बिहीबार पनि १ हजार ४४५ रुपैयाँ कायम छ।
वैशाख ७, २०८० बिहीबार ११:१५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।