मध्यरातदेखि मौन अवधि सुरू हुने, बारा र चितवनमा चुनावी सभा गर्दै दलहरू

मध्यरातदेखि मौन अवधि सुरू हुने, बारा र चितवनमा चुनावी सभा गर्दै दलहरू

काठमाडौं : वैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि बिहीबार राति १२ बजेबाट सुरु हुँदैछ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मध्यरात १२ बजेदेखि प्रचारप्रसार गर्न पाइने छैन।

मौन अवधि उल्लघंन गरे निर्वाचन ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

मतदान हुनु ४८ घण्टा अघि मौन अवधि सुरु हुने कानूनी व्यवस्था छ। त्यसकारण आज उम्मेदवार र दलले ठूला चुनावी सभा आजैका लागि तय गरेका छन्।

सत्ता गठबन्धनले बारा–२ मा चुनावी सभा गर्दा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा सभा गर्दैछ।

वैशाख १० गते आइतबार चितवन–२, बारा–२ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ।

वैशाख ७, २०८० बिहीबार ०९:०७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।