एसीसी प्रिमियर कपमा आज सिंगापुर र बहराइन तथा मलेसिया र साउदी अरेबिया भिड्दै
काठमाडौं : काठमाडौंमा जारी एसीयएन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप क्रिकेटमा बिहीबार दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित टियु मैदानमा समूह ‘बी’का सिंगापुर र बहराइनबीच प्रतिस्पर्धा हुँदा मुलपानी मैदानमा समूह ‘ए’का मलेसिया र साउदी अरेबिया भिड्दैछन्।
दुवै खेल विहान ९ बजे सुरु हुनेछ।
पहिलो खेलमा हङकङसँग ८ विकेटले पराजित सिंगापुर दोस्रो खेलमा पहिलो जित निकाल्न चाहान्छ।
पहिलो खेल खेल्दै गरेको बहराइन जितका साथ प्रतियोगिता सुरूवात गर्न चाहन्छ।
यसैगरी, मलेसिया दोस्रो खेलमा पहिलो जित निकाल्न चाहँदा साउदी पनि जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ।
मलेसिया पहिलो खेलमा घरेलु टोली नेपालसँग ६ विकेटले पराजित भएको थियो।
१० टिम सहभागी प्रतियोगिताबाट एक विजेता टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा स्थान बनाउनेछ।
वैशाख ७, २०८० बिहीबार ०८:०२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।