आफ्नै जन्मदिनको पार्टीमा चलाएको गोली लागेर ४ जनाको मृत्यु, दुई किशोर पक्राउ

आफ्नै जन्मदिनको पार्टीमा चलाएको गोली लागेर ४ जनाको मृत्यु, दुई किशोर पक्राउ

एजेन्सी : १६औं जन्मदिनको पार्टीमा चलाएको गोलीबाट ४ जनाको मृत्यु भएपछि अमेरिकाको अलाबामा राज्यका दुई किशोरमाथि प्रहरीले पक्राउ गरेको छ।

१७ वर्षीय टाइ रेक म्याककुलो र १६ वर्षीय ट्राभिस म्याककुलोलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

उनीहरूमाथि प्रारम्भिक रुपमा चार जनाको हत्याको आरोप लगाइएको छ भने अन्य आरोप पनि थपिने समाचारमा उल्लेख छ। उनीहरूविरुद्ध वयस्कसरह मुद्दा चलाइने छ।

बुधबार भएको पत्रकार सम्मेलनमा अधिकारीहरूले प्रारम्भिक अनुसन्धानमा एकदमै थोरै विवरणहरु मात्र भएको र घटनाको उदेश्य र हतियारको बारेमा थप खुलाउन नमिल्ने बताए।

गोलीबारीमा ३२ जना घाइते भएकामध्ये चार जनाको अस्पतालमा उपचार भइरहेको र अन्य चार जनाको अवस्था गम्भीर रहेको छ।

मृतक चारजना १७ देखि २३ वर्षका थिए। स्थानीय डान्स स्टुडियोमा भएको पार्टीमा करिब ५० जना मानिस थिए।

वैशाख ६, २०८० बुधबार २२:११:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।