ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण : अर्थमन्त्री डा. महत

ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण : अर्थमन्त्री डा. महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन्।

ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरेका हुन्।

डा. महतले भने, ‘९० को दशकभन्दा अगाडि एक दुई मेगावट विद्युत उत्पादन हुन्थ्यो। जब निजी क्षेत्र विद्युत उत्पादनमा संलग्न भयो, त्यसपछि राष्ट्रिय प्रशारणमा विद्युत थपियो।’

ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएको बताउँदै उनले निजी क्षेत्रबाट उत्पादनि ऊर्जालाई देशले विदेशमा विद्युत निर्यात गर्न थालेकोसमेत स्मरण गरे।

नेपालको उर्जा क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दै मन्त्री महतले लगानीकर्तालाई सहयोग गर्न सरकार तयार रहेकाे बताए।

‘सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको हुनाले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न सरकार तयार छ,’ उनले थपे, ‘निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले उर्जामा राम्रो भएको छ। नेपालको गतिलो आम्दानीको स्रोत उर्जा नै हो।’

सम्मेलनको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए।

वैशाख ६, २०८० बुधबार १५:१७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।