१० ओभरमा १७४ रनको विस्फोटक पारी
काठमाडौं : जारी एसीसी प्रिमियर कपमा युएईले जबरजस्त पारी खेलेको छ। बुधबार भएको कुवेतविरुद्धको खेलमा ओमानले जबरजस्त पारी खेलेको हो।
५ ओभरमा ३ विकेट गुमाएर २४ रन मात्र बनाएको टिमका लागि रोहन मुस्तफा र वृत्य अरविन्दले गजबको स्कोरमा ल्याएर खडा गरिदिए।
यी दुईले चौथो विकेटका लागि २७५ रनका साझेदारी खेले। छैटौं ओभरदेखि सुरु भएको उनीहरूको साझेदारी ४७औं ओभरमा मात्र टुट्यो।
यो क्रममा दुवै खेलाडीले शतकसमेत बनाए। वृत्यले १४७ बल खेल्दा १७ चौका र ९ छक्कासहित १८५ रन बनाउँदा १२५ बल खेलेका मुस्तफाले १० चौका र ४ छक्का लगाए।
४० ओभरसम्म क्रिजमा टिकिरहेका उनीहरूले त्यसपछि भने खेललाई टी–ट्वान्टीमा भन्दा बढि रन प्रहार गरे।
दोस्रो पावरप्ले सकिँदा १९७ रनमा रहेको टोलीले पछिल्लो १० ओभरमा १७४ रन जोड्दै टोलीलाई ३७१ रनको बलियो स्थिति पुग्यो।
यसबीचमा तीन विकेट गुमायो पनि। ४७औं ओभरमा मुस्तफाको विकेट गुमाएको युएईका लागि त्यसपछि आएका आशिफ खानले पनि ९ बलमा ३० रनको ताबडतोड पारी खेलेर आउट भए।
कुवेतका शाखरुद कुद्दुसले २ तथा यासीन पटेल र साइद मोनिबले समान एक–एक विकेट लिए।
अहिले जवाफी ब्याटिङ गरिरहेको कुवेत २३ ओभरको समाप्तीमा ७ विकेट गुमाएर १३९ रन बनाएर खेल्दैछ।
वैशाख ६, २०८० बुधबार १५:०९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।