गोरखा पुगेपछि प्रचण्डको ‘लुक्स’ (तस्बिरहरू)

गोरखा पुगेपछि प्रचण्डको ‘लुक्स’ (तस्बिरहरू)
तस्बिर- प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन्।

जिल्लाको रागेन गुम्बा छेकम्पारमा आयोजित चुम श्याग्या शताब्दी महोत्सवको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यहाँ गएका हुन्।

प्रधानमन्त्री दाहालले त्यहाँको कार्यक्रममा सम्बोधन गरेका छन्। साथै उनी मौलिक भेषभुषामा देखिएका छन्।

कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत त्यहाँ पुगेका छन्।

गोरखा जानुअघि प्रधानमन्त्री दाहालले संवैधानिक परिषद्को बैठकमा सहभागी थिए।

त्यहाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने भनिए पनि सामान्य छलफल मात्र भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

वैशाख ६, २०८० बुधबार १४:१९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।