चीनलाई उछिन्दै जनसंख्यामा भारत बन्यो विश्व नम्बर १

चीनलाई उछिन्दै जनसंख्यामा भारत बन्यो विश्व नम्बर १

एजेन्सी : पहिलो पटक चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ।

संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)को पछिल्लो तथ्यांक अनुसार भारतमा चीनमाभन्दा २९ लाख बढी जनसंख्या भएको छ।

यूएनएफपीएको ‘द स्टेट अफ वर्ल्ड पपुलेसन रिपोर्ट, २०२३’ अनुसार भारतको जनसंख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको छ। चीनको जनसंख्या भने एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ। 

सन् १९५० मा संयुक्त राष्ट्र संघले जनसंख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो।

गत वर्षदेखि चीनको जनसंख्या उच्च विन्दुमा पुगेर घट्न थालेको थियो भने भारतको जनसंख्य बढीरहेको छ।

वैशाख ६, २०८० बुधबार १३:५६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।