बेइजिङमा एक अस्पतालमा आगलागी, २९ जनाको मृत्यु

बेइजिङमा एक अस्पतालमा आगलागी, २९ जनाको मृत्यु

एजेन्सी : बेइजिङस्थित एक अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको छ।

बेइजिङको चाङफेङ अस्पतालमा मंगलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएको आज त्यहाँ आयोजित पत्रकार सम्मेलनमा बेइजिङको फेङताई जिल्लाका उपप्रमुखले बताएका छन्। 

उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोले जनाएको छ। 

आन्तरिक मर्मत सम्भार र निर्माणको क्रममा अस्पतालमा आगो सल्केको अनुमान गरिएको छ। मर्मत सम्भारको ठेक्का पाएको कम्पनीका प्रतिनिधिलाई पनि पक्राउ गरिएको छ । 

वैशाख ६, २०८० बुधबार १३:४४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।