कानून मन्त्रालयको जिम्मा अब पूर्णबहादुर खड्कालाई
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रालयको कार्यभार खड्काले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यसअघि कानून मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै सम्हाल्दै आएका थिए।
वैशाख ५, २०८० मंगलबार १९:१२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।