चौथो अंग : अन्तर्राष्ट्रिय मिडियाले हिमाल र गरिबीकै स्टोरी खोज्छन्, अन्य इस्यूमा हामीले कन्भिन्स गर्न सकेनौँ

चौथो अंग : अन्तर्राष्ट्रिय मिडियाले हिमाल र गरिबीकै स्टोरी खोज्छन्, अन्य इस्यूमा हामीले कन्भिन्स गर्न सकेनौँ
तस्बिर- कृष्पा श्रेष्ठ

नेपालकै कुनै एक दुर्गम जिल्लाको मातृशिशु मृत्युदर कति छ भनेर लेख्नुपर्याे भने केही गृहकार्य, अनुसन्धानका साथसाथै के–को अभावमा मातृशिशु मृत्युदर उच्च भएको हो भनेर स्थलगत रिपोर्टिङ नै गर्नुपर्ने हुन्छ। चाहे त्यो स्थानीय पत्रकारले होस् या अन्र्तराष्ट्रिय मिडियामा काम गर्ने पत्रकारले।

त्यति गरिसकेपछि देशकै अन्य जिल्लासँग दाँज्ने किन मातृशिशु मृत्युदर धेरै भएको? कारणहरू के–के हुन्? स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले के भन्छ? चिकित्सकको उपस्थिति के छ? अन्य विकासोन्मुख देशमा के छ? विकसित देशमा के छ? भनेर तुलना गर्ने काम पत्रकारको हो।

विदेशीको छापामा हिमाल र गरिबीकै स्टोरीहरू खोेजेको देख्न सकिन्छ। कहिलेकाहीँ लाग्छ– अन्तर्राष्ट्रिय मिडियामा काम गर्नेले हिमाल बाहेकका अन्य विषयहरू पनि छन् है भनेर कन्भिन्स गर्न सकेनौं कि?

सूचना संकलन गर्ने, पर्गेल्ने, विश्लेषण गर्ने र जुनसुकै भाषामा लेखे पनि सबैले बुझ्ने गरि लेख्नसक्नु नै पत्रकारको खुबी हो। जुन रिपोर्टिङ अन्य भाषामा अनुवाद गर्दासमेत धेरै अनुसन्धान गर्नुपर्दैन।

पत्रकारको लागि सूचना संकलन गर्नु चुनौती हुनसक्छ भने त्यसलाई कसरी प्रस्तुती दिने भन्ने पत्रकारको कला समेत हो। त्यसकारण जुनसुकै मिडियामा जुनसुकै माध्यममा काम गरे तापनि रिपोर्टिङ गर्दा आइपर्ने जस्तासुकै चुनौतीलाई चिर्नसक्ने र सूचनालाई पर्गेलेर बुझिने गरि प्रस्तुत गर्न सक्नु पत्रकारको कला हो।

जुनसुकै देशमा पनि प्रोफेसनल काम गर्ने पत्रकारहरूमा यो खुबी देखिन्छ नै। नेपालमा पनि प्रोफेसनल पत्रकारहरू नभएका होइनन्। सामूहिक काम गर्ने भावना, अन्तर्राष्ट्रिय स्तरमा आफ्ना समाचारहरू राख्ने खुबी बढ्दै गएको र कोभिडपछि झन् धेरै अन्तर्राष्ट्रिय मिडियासँगको सहकार्य भएको देखिन्छ।

अन्तर्राष्ट्रिय मिडियामा हिमालकै चासो
सन् १९९२ देखि हो मैले पत्रकारिता सुरु गरेको। काठमाडौं पोष्टमा मैले काम गर्दा कान्तिपुरमा एक जना महिला र काठमाडौं पोष्टमा म थिएँ। अन्य पछि थपिनुभयो। सुरुवातमा महिलाहरू एकदमै कम थिए मिडियामा। अहिले संख्या त केही बढेको छ, तर अझै संख्याकै हिसाबले पनि सन्तुष्ट हुने बाटो देखिँदैन।

संख्या केही बढे पनि महिलाहरू नेतृत्व गर्नसक्ने स्थानमा छन् की छैनन् भन्नेले पनि भर पर्छ। एकाध बाहेक मूलधारका मिडियामा महिलाको नेतृत्व नगन्य छ। काठमाडौंं पोष्ट पछि मैले अन्य मिडियामा पनि काम गरेँ। मिडियामा काम गर्दा वृत्तचित्रमा पनि काम गरियो।

पाठकले पनि कुन सूचना सही हो, कुन गलत भनेर छुट्टयाउन सक्नुपर्छ। कस्तो मिडियामा आएको सूचना विश्वास गर्ने, कस्तोमा आएको नगर्ने भन्नेमा पाठक सचेत हुन जरुरी नै छ।

हामीले रिपोर्टिङ गर्दै–गर्दा महिलाहरू सगरमाथा चढेका थिए। अहिले जस्तो छ्यापछ्याप्ती चढ्दैनथे उनीहरू। साथीभाइसँग अैँचो पैँचो गरेर डकुमेन्ट्री बनाइयो। माओवादी सशस्त्र संघर्षका बेलामा पनि महिलाहरूको एंगलबाट संघर्षलाई हेर्ने दृष्टिकोणबारे डकुमेन्ट्री बनाइयो।

डकुमेन्ट्रीका लागि रिपोर्टरहरू आफैँ अति सक्रिय हुनुपर्छ। आफू जति सक्रिय भयो उति धेरै काम हुने हो। केही समयदेखि म अन्तर्राष्ट्रिय मिडियामा सक्रिय छु। जुनसुकै देशका सक्रिय पत्रकारहरूले पनि सामाजिक विषयवस्तुमाथि वृत्तचित्र बनाउने र गैरआख्यान पुस्तकहरू समेत लेखेका छन्।

पछिल्लो समय नेपाली पत्रकारहरू अन्तर्राष्ट्रिय मिडियामा काम गर्नेको संख्या उल्लेख्य रूपमा बढेको देख्न सकिन्छ। अन्तर्राष्ट्रिय मिडियामा नेपाल भन्ने बितिक्कै हिमाल, ठूला दुर्घटना, गरिबी, हिंसाका मात्रै रिपोर्ट गएको देखिन्छ।

अझ विदेशीको छापामा हिमाल र गरिबीकै स्टोरीहरू खोेजेको देख्न सकिन्छ। कहिलेकाहीँ लाग्छ– अन्तर्राष्ट्रिय मिडियामा काम गर्नेले हिमाल बाहेकका अन्य विषयहरू पनि छन् है भनेर कन्भिन्स गर्न सकेनौं कि?

अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक रूपमा उति धेरै चासो भएको देश होइन। यसो भन्दै गर्दा यहाँ भएका अन्य इस्युलाई हामी जो–जो पत्रकार अन्तर्राष्ट्रिय मिडियामा काम गर्छौँ, उनीहरूलाई अन्य इस्युमा सहमत गराउनु पनि हाम्रो दायित्व हो।

अहिलेको चुनौती कू सूचनाको पनि हो
अघि भनेँ, नेपालका प्रोफेसनल जर्नालिष्टहरूले लेखेको कुरामा समस्या छैन। यसो भन्दै गर्दा यो क्षेत्रमा केही समस्या नभएको होइन। ‘मिस इनर्फमेशन, मालइन्र्फमेशन र डिसइनर्फमेशन’ अहिलेको चुनौती हो।

जुनसुकै सूचनामा पनि तपाईंले जे लाई विश्वास गर्नुहुन्छ त्यही नै आइरहेको हुन्छ सुझाव। यसरी जस्ता सूचनामा पनि उपभोग भइरहेको हुन्छ। मिडिया साक्षरताको औधी खाँचो देखिन्छ अहिले।

समाचार कक्षको रेफ्री नै हो सम्पादक। कस्ले के गरिरहेको छ भन्नेमा सम्पादक निकै चनाखो हुन जरुरी छ।

पाठकले पनि कुन सूचना सही हो, कुन गलत भनेर छुट्टयाउन सक्नुपर्छ। कस्तो मिडियामा आएको सूचना विश्वास गर्ने, कस्तोमा आएको नगर्ने भन्नेमा पाठक सचेत हुन जरुरी नै छ। सोसल मिडियामा आएको सूचनालाई पनि आधिकारिक समाचार मान्नुभएन।

समाचार सूचनाको भरमा मात्रै तय हुँदैन। सूचना आउँछ, सत्यतथ्य के हो जाँच हुन्छ, केही विज्ञलाई सोधिन्छ, रिर्पोटरले लेख्छ, डेस्क अथवा सम्पादकले तथ्य जाँच गरेर प्रकाशन गर्छ।

तर, सूचना त ह्वात्तै आउँछ त्यो सही हुन पनि सक्छ, नहुन पनि। मिडियाले प्रक्रिया पुर्याउँदासम्म सूचना त डढेलोसरी फैलिसक्छ। यदि मिडिया साक्षरता भयो भने दुषित सूचनाबाट केही हदसम्म भए पनि निराकरण हुन्छ नै।

टिमवर्क गराउने नै सम्पादकले हो
पत्रकारिता आफैँमा टिमवर्क हो। रिपोर्टिङ, सम्पादन, अडियो, भिडियो, फोटो लगायतको काम हुन्छ एउटा समाचारको लागि। समूहविना यो काम हुन सम्भव भएन।

यो सबैलाई मिलाउने काम सम्पादकले गर्ने हो। समाचार कक्षको रेफ्री नै हो सम्पादक। कस्ले के गरिरहेको छ भन्नेमा सम्पादक निकै चनाखो हुन जरुरी छ। समाचार कक्ष चलुन्जेल केहीको अभाव हुन नदिनु रिपोर्टरहरूबीच समन्वय गर्ने जिम्मा सम्पादक हो।

कुनै एउटा रिपोर्टिङ दुई रिपोर्टरले गर्न परेको खण्डमा पनि सम्पादकले नै मध्यस्तकर्ताको भूमिका निभाउनुपर्छ, जसले रिपोर्टरलाई रिपोर्टिङको एंगल र अन्य कुरामा सहयोग हुन्छ।

अध्ययन र ‘एक्सपोज’ गर्नु नै पत्रकारिता गुण हो भने काम गर्ने वातावरण बनाइदिनु सम्पादकको कर्तव्य हो।

त्यस्तै कुनै–कुनै इस्युमा समाचारकक्ष सहमत नहुनसक्छ। तथ्य र तथ्याङ्क प्रस्तुति दिएर कन्भिन्स गराउनु रिपोर्टरको पनि क्षमताको कुरा हो। सम्पादकलाई कन्भिन्स गराइसकेपछि त्यही अनुसारको काम पनि हुनुपर्याे। यो सबै पत्रकारको खुबीको कुरा हो।

पत्रकार अपडेट भइरहने मात्रै होइन, समय अनुसारको अपग्रेड पनि गर्ने हो आफूलाई। समयअनुसार प्रविधिदेखि धेरै कुरा परिर्वतन भइरहेका छन्, त्यसैलाई बुझ्दै जाने हो। मिडिया हाउसले कहिलेकाहिँ कुनै रिपोर्टिङ गर्न खोज्दा खर्च नदिनेदेखि अनेक समस्या आउन सक्छन्, यसलाई पनि चिर्दै अघि बढ्ने।

अहिले त विभिन्न अन्तर्राष्ट्रिय मिडियाले फेलोसिप पनि दिइरहेका हुन्छन्, यसमा पनि पत्रकारको चासो हुनुपर्याे। सँगै रिपोर्टिङ गर्दै आफूसँग भएका आइडियालाई मल्टिमिडियामार्फत प्रस्तुत गर्दै जाने पनि अब्बल पत्रकारका गुण हुन्। अध्ययन र ‘एक्सपोज’ गर्नु नै पत्रकारिता गुण हो भने काम गर्ने वातावरण बनाइदिनु सम्पादकको कर्तव्य हो।

(काठमाडौं पोष्ट, नेपाली टाइम्स, एभभरेष्ट हेराल्ड र विभिन्न अन्र्तराष्ट्रिय मिडियामा काम गरेकी लिम्बु अहिले अल्जाजिरामा आबद्ध छिन्। उनैसँग ‘अन्तर्राष्ट्रिय तथा नेपाली मिडियामा रिपोर्टिङ र टिमवर्क’ शिर्षकमा आधारित भएर प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला

५ बैशाख, २०८०, १९:२३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।