ज्ञान दाइ र करण दाइले कुरा बुझिदिँदा मलाई एकदमै सजिलो भएको छ : कप्तान पौडेल

ज्ञान दाइ र करण दाइले कुरा बुझिदिँदा मलाई एकदमै सजिलो भएको छ : कप्तान पौडेल

काठमाडौं : नेपाली राष्ट्रिय टोलीक कप्तान रोहित पौडेलले टिमका सिनियर खेलाडी ज्ञानेन्द्र मल्ल र करण केसीले टिमको अवस्था बुझेको बताएका छन्।

मंगलबार मलेसियासँगको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले ज्ञानेन्द्र मल्ल र करण केसीले अवस्था बुझेर टिमबाट बाहिर बस्न आनाकानी नगरेको बताएका हुन्।

‘ज्ञान दाइ (ज्ञानेन्द्र) र करण दाइले राम्रोसँग बुझिराख्नु भाको भएर मलाई एकदमै सजिलो भएको छ,’ कप्तान पौडेलले भने, ‘ज्ञान दाइले टिमको लागि राम्रो स्क्वाड खेलाउनका लागि एकदमै सपोर्ट गरिरहनुभएको छ अनि करण दाइले पनि।’

यस्तै कप्तान पौडेलले आफूहरू दबावमा नआएको बताए।

प्रशिक्षक मोन्टी देसाइसमेत मैदान वरपर घुमिरहेको प्रसङ्गलाई लिएर सञ्चारकर्मीले प्रश्न गर्दा उनले भने, ‘हाम्री प्रेसरमा आएका थिएनौं। प्रेसर भएर होइन, मोन्टी सरले नर्मल्ली आफ्नो राउन्ड गरिरहनुभएको थियो।’

वैशाख ५, २०८० मंगलबार १६:२७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।