विपरीत दिशाबाट आइरहेका दुईवटा बस जुध्दा पाँच जनाको मृत्यु

विपरीत दिशाबाट आइरहेका दुईवटा बस जुध्दा पाँच जनाको मृत्यु

एजेन्सी : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

प्रान्तको सुक्कुर जिल्लामा विपरीत दिशाबाट आइरहेका दुई वटा यात्रुबाहक बस एक आपसमा ठोक्किंदा अन्य २५ जना घाइते भएका छन्।

राष्ट्रिय राजमार्गमा द्रुत गतिमा पञ्जाबतर्फ गइरहेको एक बसका चालकले नियन्त्रण गुमाउँदा विपरीत दिशाबाट आएको बससँग ठोक्किएको प्रहरीले जनाएको छ ।  

घाइतेहरूलाई नजिकैको अस्पताल लगिएको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

वैशाख ५, २०८० मंगलबार १३:४६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।