सुतिरहेको बेला चामल मिलको भवन भत्किंदा चार मजदुरको मृत्यु

सुतिरहेको बेला चामल मिलको भवन भत्किंदा चार मजदुरको मृत्यु

एजेन्सी : भारतको हरियाणा राज्यको कर्नालमा रहेको तीनतले चामल मिलको भवन भत्किंदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। 

सोमबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो। दुर्घटनाका बेला मिलमा १५० कामदार थिए। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

हालसम्म एक सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। भग्नावशेषमा अन्य कामदार पुरिएको आशङ्कामा खोजबिन भइरहेको छ। 

भवन निर्माणमा संरचनागत त्रुटी देखिएको देखिएको प्रहरीले जनाएको छ।

वैशाख ५, २०८० मंगलबार १३:२९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।