दिल्लीका पूर्व उपमुख्यमन्त्रीको हिरासत बसाइ अप्रिल २९ सम्म लम्बियो

दिल्लीका पूर्व उपमुख्यमन्त्रीको हिरासत बसाइ अप्रिल २९ सम्म लम्बियो

एजेन्सी : दिल्लीको राउज एभिन्यू जिल्ला अदालतको आदेशसँगै दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियाको हिरासत बसाई अगामी अप्रिल २९ सम्म लम्बिएको छ।

मदिरा नीतिमा अनियमितताको मुद्दामा मनीष सिसोदियालाई आगामी अप्रिल २९ सम्म हिरासतमा राख्न त्यहाँको अदालतले आदेश दिएको हो।

भारतको प्रवर्तन निर्देशनालय (ईडी) र सेन्ट्रल ब्यूरो अफ इभेस्टिगेसन (सीबीआई) दुवैले यस विषयमा अनुसन्धान गरिरहेका छन्।

सीबीआई मुद्दामा उनको न्यायिक हिरासत अप्रिल २७ सम्म बढाइएको छ भने ईडी मुद्दामा अप्रिल २९ सम्म बढाइएको हो।

सोमबार भएको बहसमा ईडीका वकिलले अप्रिल महिनाको अन्त्यसम्म आरोपपत्र दायर गर्ने बताएका छन्।

वैशाख ४, २०८० सोमबार १५:४२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।