अपहरणकमा परेका पाइलट खोज्ने क्रममा विद्रोहीको आक्रमण, एक इन्डोनेसियाली सेनाको मृत्यु

अपहरणकमा परेका पाइलट खोज्ने क्रममा विद्रोहीको आक्रमण, एक इन्डोनेसियाली सेनाको मृत्यु

एजेन्सी : इन्डोनेसियाको पपुवामा अपहरणमा परेका न्युजिल्यान्डका पाइलटलाई खोज्ने क्रममा विद्रोहीको आक्रमणमा परेर एक इन्डोनेसियाली सैनिकको मृत्यु भएको छ।

यद्यपि विद्रोहीहरूले आफूले ११ इन्डोनेसियाली सैनिक मारेको दाबी गरेका छन्। एसोसिएटेड प्रेसले सेनाको स्रोतलाई उद्धृत गर्दै कम्तीमा छ जनाको मृत्यु भएको जनाएको छ।

यी सिपाहीहरू फिलिप मर्टेन्स नामक न्युजिल्यान्डका अपहरण गरिएका पाइलटलाई खोज्ने अभियानमा थिए। उनी यसै वर्षको फेब्रुअरीमा अपहरणमा परेका थिए।

पपुवाका विद्रोहीहरूले दशकौंदेखि इन्डोनेसियाबाट आफ्नो स्वतन्त्रताको माग गर्दै आएका छन्। इन्डोनेसियाका सिपाहीहरू मर्टोन्सको खोजी गरिरहेका बेला आक्रमण भएको थियो।

टोलीले एनडीयू पहाडमा खोजी गरिरहेको बेला आक्रमण भएको हो। वेस्ट पपुवा नेशनल लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ। आफूविरुद्ध अभियान चलाएपछि आक्रमण गरेको उसको तर्क छ।

वैशाख ४, २०८० सोमबार १४:३५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।