अमेरिकाको अलाबामामा गोली चल्दा चार जनाको मृत्यु, कैयौं घाइते

अमेरिकाको अलाबामामा गोली चल्दा चार जनाको मृत्यु, कैयौं घाइते

एजेन्सी : अमेरिकाको अलाबामा राज्यमा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ। कैयौं घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार स्थानीय समय अनुसार राति १०ः३० बजे अलाबामाको डेडेभिल सहरमा एउटा जन्मदिनको पार्टीमा गोली चलेको हो।

अलाबामाका गभर्नर केभ आइभीले ट्वीटरमा लेखेका छन्, ‘आज बिहान, म डेडेभिलका जनता र मेरा सँगी अलाबाम्यान शोकमा सामेल छु। हाम्रो राज्यमा हिंसाको कुनै स्थान छैन।’

डेडेभिल पुलिस र हाईस्कूल फुटबल टोलीका लागि पादरीको रूपमा सेवा गरेका बेन हेसले मारिने अधिकांश किशोर किशोरी रहेको बताए।

उनले भने, ‘मारिएका युवा हाम्रा स्टार खेलाडी थिए। उहाँ धेरै राम्रो मान्छे हुनुहुन्थ्यो। मैले यी धेरै विद्यार्थीहरूलाई चिनेको थिएँ। डेडेभिल एउटा सानो सहर हो र यो घटनाले यहाँ सबैलाई असर गर्नेछ।’

अमेरिकामा शनिबार केन्टकी राज्यको लुइसभिलको एउटा पार्कमा गोली चलेको अर्को घटना भएको छ। उक्त घटनामा दुई जनाको मृत्यु भएको र चारजना घाइते भएको समाचारमा उल्लेख छ।

वैशाख ३, २०८० आइतबार २२:०५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।