ट्रकले ठक्करबाट पाकिस्तानका बहालवाला मन्त्रीको मृत्यु

ट्रकले ठक्करबाट पाकिस्तानका बहालवाला मन्त्रीको मृत्यु

एजेन्सी : पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।

शनिबार आफैँ गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिएको इस्लामावाद प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘उहाँलाई दुर्घटनापछि तत्कालै अस्पताल लगिएको थियो, तर अत्यधिक आन्तरिक रक्तस्रावका कारण मृत्यु भयो’, विज्ञप्तिमा भनिएको छ।

मन्त्रीको कारलाई ठक्कर दिने गाडीका चालकसहित गाडीमा सवार अन्य चार जनालाई नियन्त्रणमा लिइएको छ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भी र प्रधानमन्त्री शाहबाज सरिफले शोक व्यक्त गर्दै दिवंगत मन्त्रीप्रति श्रद्धाञ्जलि व्यक्त गरे।

वैशाख ३, २०८० आइतबार २१:२५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।