उप-निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले १० वैशाखमा हुने प्रतिनिधिसभाको उप-निर्वाचनका लागि सेना परिचालनको स्वीकृति दिएका छन्।
आइतबार राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उप-निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय तथा ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ मा व्यवस्थाअनुसार उपनिर्वाचनमा सेना परिचालन गर्ने अनुमति दिएको जनाएको छ।
विज्ञप्ति:-
वैशाख ३, २०८० आइतबार १८:११:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।