छिमेकी देशसँगको सम्बन्ध घनिष्ठ बनाउने नवनियुक्त परराष्ट्रमन्त्रीको प्रतिबद्धता, यस्तो छ पहिलो निर्णय

छिमेकी देशसँगको सम्बन्ध घनिष्ठ बनाउने नवनियुक्त परराष्ट्रमन्त्रीको प्रतिबद्धता, यस्तो छ पहिलो निर्णय

काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले छिमेकीका साथै सबै देशहरूसँगको सम्बन्ध घनिष्ठ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

शपथ ग्रहणपछि आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्ती साउदले छिमेकी देश र विश्वभर रहेका देशहरूसँग घनिष्ठ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘संसारका सबै देशहरूसँग इतिहासदेखि हाम्रो सौहार्दपूर्ण र सुमधुर सम्बन्ध छ,’ उनले भने, ‘आगामी दिनमा पनि विश्वभरका देशहरूसँग र छिमेकीहरूसँग घनिष्ठ बनाउँदै लैजानेछौं।’

यस्तै, मन्त्री साउदले भारतका लागि पेरुका राजदूत जेभिएर म्यानुअल पाउलीनिच भेलार्देले नेपाल पनि हेर्नका लागि अनुरोध भएकोमा त्यसका लागि सहमति प्रदान गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा मन्त्रालयबाट ब्रिफिङ लिएर अगाडि बढ्नेबारे जानकारी दिए।

वैशाख ३, २०८० आइतबार १६:०८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।