एनपी साउदले मन्त्री र नन्दा चपाईले राज्यमन्त्रीको शपथ लिए (तस्बिरहरू)

एनपी साउदले मन्त्री र नन्दा चपाईले राज्यमन्त्रीको शपथ लिए (तस्बिरहरू)
तस्बिर- प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : नेपाली कांग्रेसका नेता नारायण प्रकाश (एनपी) साउद र एकीकृत समाजवादीकी नेतृ नन्दा चपाईंले क्रम मन्त्री र राज्यमन्त्रीको रूपमा शपथग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा पराष्ट्रमन्त्रीको रुपमा साउदलाई राष्ट्रपति रामचन्द्र पौडेलले र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको रुपमा चपाईंलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथग्रहण गराएका हुन्।

यसअघि परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै सम्हाल्दै आएका थिए।

वैशाख ३, २०८० आइतबार १५:४७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।