एसीसी प्रिमियर कपका लागि १८ सदस्यीय नेपाली टोली घोषणा

एसीसी प्रिमियर कपका लागि १८ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं : घरेलु मैदानमा हुने एसीसी प्रिमियर कपको लागि नेपाल क्रिकेट संघ (क्यान)ले टोली घोषणा गरेको छ।

१४ जना नियमित र चार जना रिजर्भ्ड भन्दै क्यानले क्यानले आइतबार १८ सदस्यीय टोली घोषणा गरेको हो।

टिममा सन्दीप जोरा, अर्जुन साउद, सूर्य तामाङ र किशोर महतोलाई रिजर्भ्ड प्लेयरको रुपमा राखिएको छ।

यस्तै अन्य टिम सदस्यहरूमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, कुशल मल्ल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी छन्।

वैशाख ५ गतेदेखि त्रिवि क्रिकेट मैदान र मुलापनी क्रिकेट मैदानमा एसीसी प्रिमियर कप आयोजना हुँदैछ। यो प्रतियोगिताको विजेताले अगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा खेल्न पाउनेछ।

विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानको समूहमा स्थान पक्का गर्नेछ।

वैशाख ३, २०८० आइतबार १५:२५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।