दुबईको आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु, १२ जनाको राष्ट्रियता खुल्यो

दुबईको आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु, १२ जनाको राष्ट्रियता खुल्यो

एजेन्सी : दुबईको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा चार भारतीयसहित १६ जनाको मृत्यु भएको छ।

खलीज टाइम्सका अनुसार घटनामा नौ जना घाइते भएका छन्। मृत्यु हुनेमा एक परिवार भारतको केरलाका छन्।

भवनको चौथो तल्लाबाट सुरू भएको आगो अन्य भागमा पनि फैलिएको थियो।

खलीज टाइम्सले भारतीय सामाजिक कार्यकर्ता नसीर वतनापल्लीलाई उद्धृत गर्दै आगलागीमा परी मृत्यु भएका चार भारतीय मध्ये एक दम्पती पनि थिए।

दुबई सिभिल डिफेन्सका प्रवक्ताले भने कि प्रारम्भिक अनुसन्धानले भवनमा पर्याप्त आगो सुरक्षा नभएको देखाएको छ। आगलागीबाट भवनमा भएको क्षतिबारे अनुसन्धान भइरहेको छ।

मृतक १६ मध्ये १२ जनाको राष्ट्रियता खुलिसकेको छ। चार भारतीय सहित चार सुडानी, तीन पाकिस्तानी र एक क्यामरुनी छन्।

वैशाख ३, २०८० आइतबार १५:०६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।