दुबइको एक आवासीय भवनमा आगलागी, १६ जनाको मृत्यु

दुबइको एक आवासीय भवनमा आगलागी, १६ जनाको मृत्यु

एजेन्सी : दुबइको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ।

सहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा नौ जना घाइते भएका छन्। 

निर्माण सुरक्षा र अग्नि सुरक्षा आवश्यकताको पालना नगरेको कारण आगलागी भएको सिभिल डिफेन्स फोर्सको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

आगलागीमा ज्यान गुमाएका तथा घाइते भएकाको राष्ट्रियता खुलाइएको छैन। भारतीय संचार माध्यमहरूले भने चार जना भारतीयको मृत्यु भएको बताएका छन्।

वैशाख ३, २०८० आइतबार १२:५२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।