जानाजान शो नदिएको भन्दै बुलाकी निर्माताले हलबाट फिल्म फिर्ता लिए

जानाजान शो नदिएको भन्दै बुलाकी निर्माताले हलबाट फिल्म फिर्ता लिए

काठमाडौँ : शुक्रवार रिलिज भएको फिल्म ‘बुलाकी’को निर्माताले जानाजान शो टाइम नदिएर फिल्म डुबाउने खेल खेलेको आरोप लगाउँदै आइतबारबाट फिल्म हलबाट निकाल्ने घोषणा गरेका छन्।

फिल्मका कलाकार तथा निर्माता बिराज विष्टले सामाजिक सञ्जालमा लेख्दै फिल्म रिलिजको दोस्रो दिनमै ७ सय पाँच शो कटौती गरिएको आरोप लगाएका हुन्।

उस्तै कन्टेन्टको जारी सँगसँगै फिल्म रिलिज भएको थियो। दयाहाङ राईकै बिहे पास पनि सँगै रिलिज भएको थियो। एकै दिन तीन फिल्म रिलिजहुँदा जारीले राम्रो प्रतिक्रिया पाएको छ।

विष्टले बुलाकीले राम्रो प्रतिक्रिया पाउँदा घेराबन्दी गरेर निर्माता डुबाउने खेल खेलिएको आरोप लगाए। फिल्मले राम्रो व्यापार गर्दा गर्दै पनि शनिवार मल्टिप्लेक्सहरुले फिल्मको शो घटाएका थिए। आइतबार थप शो घटेपछि टिमले आइतबारदेखि सबै हलबाट फिल्म निकाल्ने र विदेशमा प्रदर्शन गर्ने घोषणा गरेको हो।

लक्ष्मण सुनारको निर्देशनमा तयार भएको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र बिराज विष्टको मुख्य भूमिका छ। 

वैशाख ३, २०८० आइतबार ०५:४५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।