प्रवासमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रवासमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले प्रवासमा रहेका नेपालीहरूलाई आफैँ बसेको देशबाट मताधिकार गर्न पाउने व्यवस्था गरिने बताएका छन्।

माओवादी केन्द्र प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबाट प्रवासी नेपाली लाभान्वित हुने बताए।

प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्सबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै वैदेशिक रोजगारीको सुधारको लागि सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए।

उनले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको दाबी गरे।

साथै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको बताए।

वैशाख २, २०८० शनिबार १६:४७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।