डा. सपनाको उपचार अनुभव : तेस्रो पटक शल्यक्रियापछि ‘छोरा कि छोरी’ भनेर सोध्ने युवकलाई हप्काइन्- ‘श्रीमतीको माया लाग्दैन?’
डा. सपना अमात्य वैद्य प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। चिकित्सकीय पेशामा उनले धेरै बिरामीसँग साक्षात्कार गरेकी छन्। बिरामीले भोग्नुपरेका दुःख, सुःख र पीडा नजिकबाट नियालेकी छन् उनले। उनै डा. सपनाले चिकित्सकीय पेशाको सिलसिलामा देखे भोगेका आरोह अवरोहको अनुभव उकेरासँग बाँडिन्।
विधवा महिला गर्भवती भएपछि...
करिब १२ वर्षअघिको घटना हो। अधबैंसे महिलालाई प्रसुति गृह पुर्याइयो। महिलाको श्रीमान्को मृत्यु भइसकेको रहेछ। पेट फुलेको देखेपछि गाउँलेले स्वास्य परीक्षण गराउँदा गर्भवती भएको थाहा भयो।
श्रीमान् नभएकी विधवा गर्भवती भएको थाहा पाएपछि गाउँमा खैलाबैला मच्चियो। उनी आफन्तबाटै बलात्कृत भएकी रहिछन्। सायद पीडक कानूनी कारबाहीमा परिसकेका थिए।
कुरा बुझ्दै जाँदा गाउँलेले ती महिलालाई हेर्न जान प्रतिबन्ध लगाएको थाहा भयो। उनका छोराछोरीलाई पनि ‘आमालाई हेर्न गयौ भने गाउँ फर्कन दिँदैनौँ’ भनेका रहेछन्।
महिलाका छोराछोरी ठूला भइसकेका थिए। डा. सपनालाई याद भएसम्म छोरीको विवाह भइसकेको थियो। महिलालाई सुत्केरी ब्यथाले च्यापेर पेट दुखेपछि प्रसूति गृह पुर्याइयो। परीक्षणका क्रममा गर्भमा रहेको बच्चाको मृत्यु भइसकेको थाहा भयो।
चिकित्सकको टिमले शल्यक्रिया गरेर मृत बच्चा निकाल्यो। आमाको ज्यान बाँच्यो। शल्यक्रिया गरेको अवस्थासम्म महिलाका छोराछोरी आमालाई हेर्न अस्पताल पुगेको सम्झिन्छिन् डा. सपना। छोराछोरी र आफन्तले केही दिन स्याहारेपछि आउन छाडे।
कुरा बुझ्दै जाँदा गाउँलेले ती महिलालाई हेर्न जान प्रतिबन्ध लगाएको थाहा भयो। उनका छोराछोरीलाई पनि ‘आमालाई हेर्न गयौ भने गाउँ फर्कन दिँदैनौँ’ भनेका रहेछन्।
पहिलो र दोस्रो दुवैपटक शल्यक्रिया गरेर छोरी जन्माएकी उनले तेस्रो सन्तान जन्माउन सुत्केरी ब्यथाले च्यापेर प्रसूति गृह पुगेकी थिइन्। यसै पनि दुई पटक शल्यक्रिया गरेर बच्चा जन्माएकाले तेस्रो पटक शल्यक्रिया गर्नु जटिल थियो।
आफन्त नै नआएपछि उनलाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले नै फेर्ने कपडा र खानपानको व्यवस्था गरिदिन्थे। केही समयपछि उनलाई सेल्टरहोम पठाइयो।
तर, प्रसूति गृहमा उपचारको क्रममा ती महिलाको छाती दुखेछ। स्वास्थ्य परीक्षण गर्दा मुटुमा समस्या देखिएछ। उनलाई वीर अस्पताल रिफर गरियो।
दुर्भाग्य, ती महिला फर्केर घर जान भने पाइनछन्। वीर अस्पतालमा रिफर भएको १/२ दिनमा नै उपचारको क्रममा हृदयघात भएर प्राण त्यागिछन्। मृत्युको खबर सुन्दा डा. सपनाको मन भारी भयो। उनले मृत्युअघि झेलेका अनेक पीडा सम्झिइन् डा. सपनाले।
डा. सपनालाई अहिले पनि खड्किरहन्छ– ‘साथ दिने कोही भए तिनी बाँच्थिन् कि!’
‘श्रीमतीको माया लाग्दैन?’
केही वर्षअघि सुत्केरी ब्यथाले च्यापेर प्रसूति गृह पुगेकी महिलाको प्रसंग पनि डा. सपना सम्झिरहन्छिन्। ती महिलाका दुई वटी छोरी थिए।
पहिलो र दोस्रो दुवैपटक शल्यक्रिया गरेर छोरी जन्माएकी उनले तेस्रो सन्तान जन्माउन सुत्केरी ब्यथाले च्यापेर प्रसूति गृह पुगेकी थिइन्। तेस्रो पटक पनि शल्यक्रिया गरेर नै बच्चा निकाल्नुपर्ने भयो। यसै पनि दुई पटक शल्यक्रिया गरेर बच्चा जन्माएकाले तेस्रो पटक शल्यक्रिया गर्नु जटिल थियो।
ती महिला तेस्रो पटक भने छोराका लागि गर्भवती भएकी रहिछन्। गर्भमा छोरा नै रहेछ। डा. सपना लगायत चिकित्सकको टिमले बच्चा निकाल्नका लागि शल्यक्रिया थाल्यो। महिलाको रक्तश्राव भयो। चिकित्सकको टिम बच्चा निकाल्न सफल भयो।
जटिल अप्रेशन भएको छ। छोरा छ की छोरी भनेर सोध्नुभयो। कम्तिमा २/३ पोका रगत चलाउनुपर्ने अवस्था छ। श्रीमतीको माया लाग्दैन?
जोखिमका बावजुत आमा र बच्चा दुवैको ज्यान बचाउन सफल भयो चिकित्सकको टिम। तर, महिला जोखिममुक्त भने भइसकेकी थिइनन्।
सफल शल्यक्रियापछि डा. सपना अप्रेशन थिएटर बाहिर निस्किइन्। बाहिर निस्कँदा सुत्केरी महिलाका श्रीमान्ले सिधै ‘के जन्मियो’ भनेर सोधेछन्। श्रीमतीको अवस्था नसोधी छोरा की छोरी भनेर सोध्दा डा. सपनालाई रिस उठेछ।
महिलाको श्रीमान्लाई उनले भनिछन्, ‘जटिल अप्रेशन भएको छ। छोरा छ की छोरी भनेर सोध्नुभयो। कम्तिमा २/३ पोका रगत चलाउनुपर्ने अवस्था छ। श्रीमतीको माया लाग्दैन?’
त्यसपछि भने शिक्षित देखिने ती महिलाका श्रीमान् न्याम्म परेछन्। पछि आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था ठिक भएर डिस्चार्ज भएको उनले सुनाइन्।
‘क्यान्सर छैन भन्दा पनि पत्याइनन्’
करिब ६ वर्षअघिको घटना हो। डा. सपना त्यतिबेला भक्तपुर अस्पतालमा कार्यरत थिइन्।
करिब ३५ वर्षकी महिला भक्तपुर अस्पताल पुगिन्। स्वास्थ्य शिविरमा उनले पाठेघरको मुखको क्यान्सरबारे परीक्षण गराएकी रहिछन्।
परीक्षणपछि शिविरको चिकित्सकको टिमले महिलालाई ‘तपाईंलाई पाठेघरको मुखको क्यान्सर हुन लागेको छ, तुरुन्तै अस्पताल जानुहोस्’ भनेका थिए। तर, ती महिलाले ‘तपाईंलाई पाठेघरको मुखको क्यान्सर भएको छ, तुरुन्तै अस्पताल जानुहोस्’ भनेको बुझिछन्।
ती महिलाको पाठेघरको क्यान्सरको परीक्षण शुक्रबार भएको थियो। शनिबार बिदा भइहाल्यो। आइतबार उनी भक्तपुर जिल्ला अस्पताल पुगिन्। अस्पताल पुग्दा क्यान्सर भयो भनेर आत्तिँदै थिइन् उनी।
डा. सपनाले महिलाको स्वास्थ्य परीक्षण गरिन्। तर, क्यान्सर भएको थिएन। डा. सपनाले क्यान्सर भएको छैन भन्दा समेत ती महिलाले पत्याइनन्।
त्यसपछि महिलालाई उनले थप स्वास्थ्य परीक्षणका लागि प्रसूति गृह वा निजामती कर्मचारी अस्पताल रिफर गरिन्। कुन अस्पताल पठाइयो भन्ने उनलाई सम्झना भएन।
रिफर भएको अस्पतालमा भिडियो (कल्पोस्कोपी)मा देखाएर राम्रोसँग परामर्श दिएपछि मात्र उनले क्यान्सर भएको रहेनछ भनेर पत्याइछन्।
सोध्दै जाँदा सानैमा ‘टेष्टिज’ को शल्यक्रिया गरेकाले पुरुषको वीर्य नै बन्ने अवस्था रहेनछ। श्रीमतीको कारणले बच्चा नजन्मिएको भन्ठानेका पुरुषले यो खबर सुनेपछि खङ्ग्रङ्गै भए।
त्यसैले बिरामीको स्वास्थ्य परीक्षणपछि समस्या भए÷नभएको बारे बुझ्नेगरी परामर्श दिनुपर्ने डा. सपनाको सुझाव छ।
‘ती महिला अतालिएको देखेर मलाई माया लाग्यो, विचरा दुई दिनदेखि सुत्नुभएको रहेनछ,’ उनले भनिन्, ‘तर, बेला–बेलामा नलजाई पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि स्वास्थ्य परीक्षण चाहिँ गर्नुपर्छ।’
सबै महिलाले कम्तीमा पनि ३० वर्षको उमेरदेखि पाठेघरको मुखको क्यान्सर हुन लागेको छ कि छैन भन्ने थाहा पाउन परीक्षण गर्न जरुरी छ।
‘पहिला तपाईंकै चेक गरौँ न त !’
केही वर्षअघि विवाहपछि गर्भ नबसेपछि स्वास्थ्य परीक्षणका लागि एक जोडी श्रीमान्–श्रीमती प्रसूति गृह पुगेको प्रसंग पनि डा. सपना कहिल्यै भुल्दिनन्।
ती जोडी जनकपुर वा विराटनगरका हुनुपर्छ। प्रसूति गृहमा पुगेका जोडी हेर्दा शिक्षित देखिन्थे।
परीक्षणका लागि पुगेका जोडीमध्ये श्रीमान्ले डा. सपनासँग भनेछन्, ‘बच्चा भएको छैन। यस(श्रीमती)मा के खराबी छ भनिदिनुपर्यो डाक्टरसाप।’
त्यसपछि डा. सपनाले श्रीमतीको भन्दा पहिले ‘तपाईंमा केही खराबी छ की, पहिले तपाईंको स्वास्थ्य जाँच गरौं अनि श्रीमतीको गरौँला’ भनिन्। तर उनी ‘हैन मलाई त ठिक छ, मलाई जाँच्नुपर्दैन’ भन्दै तर्किरहे।
निक्कै अनुरोध गरेपछि ती पुरुष स्वास्थ्य परीक्षणका लागि सहमत भए। पुरुषको स्वास्थ्य परीक्षण गरेपछि थाहा भयो, ‘उन(पुरुष)मा गर्भधारतका लागि आवश्यक वीर्य नै रहेनछ।’
सोध्दै जाँदा सानैमा ‘टेष्टिज’ को शल्यक्रिया गरेकाले पुरुषको वीर्य नै बन्ने अवस्था रहेनछ। श्रीमतीको कारणले बच्चा नजन्मिएको भन्ठानेका पुरुषले यो खबर सुनेपछि खङ्ग्रङ्गै भए।
डा. सपनाले ती जोडीलाई राम्रोसँग सम्झाएर पठाइन्।
अप्ठेरोमा प्रसूति गृह
त्यसो त भूकम्प र कोरोना भाइरस संक्रमणको समयमा प्रसूति गृहमा चिकित्सक तथा स्वास्थ्यकर्मीले कठिन अवस्थामा काम गरेको सम्झन्छिन्, डा. सपना।
यतिसम्म की भूकम्पको समयमा प्रसूति ब्यथाले च्यापेर निजी अस्पतालमा पुगेका महिलाहरूलाई समेत ‘प्रसूति गृह जानु, त्यहाँ राम्रा डाक्टर छन्’ भन्दै निजी अस्पतालहरूले रिफर गरेर पठाएको सम्झन्छिन् डा. सपना।
दिनभर रातभर भर्ना गरेर राख्ने अनि अप्रेशन गर्ने बेलामा कोरोना टेष्ट गर्दा कोरोना पोजेटिभ आयो भने प्रसूति गृह पठाइदिएको देखियो
‘निजी अस्पतालबाट रिफर भएर आएका महिलालाई सोध्दा उहाँहरूले प्रसूति गृहमा राम्रो डाक्टर छन् भन्दै पठाएको भन्नुहुन्थ्यो,’ उनले सुनाइन्।
त्यसपछि डा. सपनालाई लाग्यो, ‘साँच्चै अप्ठेरो अवस्थामा सरकारी अस्पताल नै आवश्यक पर्ने रहेछ।’
त्यसैगरी कोरोनाको भाइरस संक्रमणको समयमा सुत्केरी ब्यथाले च्यापेर निजी अस्पताल पुगेका कयौं महिला कोरोना देखिएको खण्डमा भने प्रसूति गृहमा नै रिफर भएको उनले नजिकबाट देखेकी छन्।
‘दिनभर रातभर भर्ना गरेर राख्ने अनि अप्रेशन गर्ने बेलामा कोरोना टेष्ट गर्दा कोरोना पोजेटिभ आयो भने प्रसूति गृह पठाइदिएको देखियो,’ डा. सपनाले सुनाइन्।
धेरै पहलपछि मात्रै प्रसूति गृहमा रिफर गर्ने त्यस्तो समस्या कम भएको उनले सुनाइन्।
सपनाको डाक्टरी सपना
सपना ललितपुरको कुपण्डोलमा जन्मिएकी हुन्। जावलाखेलस्थित सेन्टमेरिज स्कुलबाट सन् १९४७ मा एसएलसी सकेकी उनले सेन्ट जेभियर्स कलेजबाट प्लस टु गरिन्।
सपनाको डाक्टर बन्ने सपनाले उनलाई बंगलादेशको राजशाही मेडिकल कलेज पुर्यायो। सन् २००० मा एमबीबीएसको अध्ययन पूरा गरेर उनी नेपाल फर्किइन्।
एमडीपछि डा. सपना परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह)मा काम गर्न थालिन्। त्यहाँ काम गर्दागर्दै सन् २०१५ मा उनी नवौं तहमा बढुवा भइन्।
यहाँका विभिन्न अस्पतालमा एक वर्ष इन्टर्नसीप गरेर उनले लोकसेवाको परीक्षा दिइन्। नतिजा राम्रो आयो। वि.सं. २०५९ मा नेपाल सरकारको स्थायी चिकित्सकका रूपमा जागिरे भइन्।
सरकारी जागिरे भएपछि मेडिकल अधिकृतको रूपमा सुनसरीको इटहरीस्थित इटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा पुगिन्। त्यहाँ साढे दुई वर्ष काम गरेपछि तह मिलान हुँदा उनी स्वतः आठौं तहमा बढुवा भइन्।
त्यहाँबाट सरुवा भएर काठमाडौं आइन् र क्षेत्रपाटीस्थित परिवार कल्याण केन्द्रमा करिब ६ महिना काम गरिन्।
छनोटमा प्रसूति तथा स्त्री रोग
डा. सपनालाई थप अध्ययन गर्नु नै थियो। त्यसैले काठमाडौं आएपछि त्रिभूवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमडी अध्ययनका लागि छनोट परीक्षा दिएर छनोट भइन्।
सन् २००६ मा अब्स्ट्रेटिसियन एण्ड गाइनेक्लोजी(प्रसूति तथा स्त्री रोग)विषयमा सरकारी छात्रवृत्ति कोटामा एमडी अध्ययन गर्न थालेकी उनले २००९ मा पूरा गरिन्।
एमडीपछि डा. सपना परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह)मा काम गर्न थालिन्। त्यहाँ काम गर्दागर्दै सन् २०१५ मा उनी नवौं तहमा बढुवा भइन्।
त्यसपछि भक्तपुरस्थित भक्तपुर जिल्ला अस्पतालमा सरुवा भएर कन्सल्टेन्ट चिकित्सकका रूपमा काम गर्न थालिन्। त्यहाँ उनले करिब दुई वर्ष काम गरेपछि सरुवा भएर सन् २०१८ मा पुनः प्रसूति गृह नै फर्किइन् अनि उनी बढुवा भएर दशौं तहमा पुगिन्।
डा. सपना हाल सिनियर कन्सल्टेण्ट, प्रसूति तथा स्त्री रोग विशेषज्ञका रुपमा प्रसूति गृहमा कार्यरत छिन्। त्यसैगरी उनी एक–एक पाइला संस्थामा आबद्ध भएर विभिन्न स्वास्थ्य शिविर तथा क्लिनिकमा समेत महिलाको स्वास्थ्य सम्बन्धी समस्या भएका बिरामीको सेवा गर्छिन्।
वैशाख २, २०८० शनिबार १६:४०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।