रोहितले अर्को वर्षसम्म कदिरीबाटै खेल्ने, भयो सम्झौता नवीकरण
काठमाडौं : नेपालका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको लिग वान क्लब पर्सिक कदिरी एफसीसँगको सम्झौता नवीकरण गरेका छन्।
पर्सिकले सामाजिक संजालबाट रोहितले नयाँ सिजनका लागि सम्झौता नवीकरण गरेको जनाएको छ।
सम्झौता नवीकरणसँगै रोहितले लगातार दोस्रो सिजन पर्सिकबाट खेल्ने भएका छन्।
रोहित गत वर्ष पर्सिकमा अनुबन्धित भएका थिए। पर्सिक अघि रोहितले पर्सिजा जकार्ताबाट खेलेका थिए।
पाँच वर्ष जकार्तामा बिताएर रोहित पर्सिक आएका थिए। जकार्ताका लागि रोहितले लिगसहित ४ उपाधि जितेका थिए।
३१ वर्षीय रोहितको यो तेस्रो इन्डोनेसियाली क्लब हो। रोहितले सुरुआतमा पीएसपीएस पेकान्बारूबाट खेलेका थिए।
वैशाख २, २०८० शनिबार १३:३५:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।