७५ करोड बक्यौता नतिरेपछि सोना सिमेन्टको बिजुली काटियो

७५ करोड बक्यौता नतिरेपछि सोना सिमेन्टको बिजुली काटियो

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले सोना सिमेन्ट प्रालिको बिजुली काटिदिएको छ। प्राधिकरणको करिब ७५ करोड बक्यौता नतिरेपछि सोना सिमेन्टको लाइन काटेको हो।

दाङमा रहेको उद्योगको बक्यौता उच्च भएपछि लाइन काटिएको प्राधिकरण नेपालगञ्ज शाखाका प्रमुख हरि पाण्डेले जानकारी दिए।

‘७४ करोड ६० लाख बक्यौता तिर्न पटक पटक ताकेता गरे पनि नआएपछि हामीले चैत २९ गते लाइन काटेका हौं,’ पाण्डेले भने।

सोनापुर मिनरल्स एन्ड वाइल प्रालिले दाङमा रहेको उद्योगबाट सोना र सोनापुर सिमेन्ट उत्पादन गर्दै आएको छ। प्राधिकरणको नेपालगञ्ज शाखाले दाङमा रहेको उद्योगको बिजुली काटेको हो।

वैशाख २, २०८० शनिबार १३:२६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।