भारतको महाराष्ट्रमा बस दुर्घटना, १३ जनाको मृत्यु

भारतको महाराष्ट्रमा बस दुर्घटना, १३ जनाको मृत्यु

एजेन्सी : भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

पुरानो पुणे–मुम्बई राजमार्गमा रहेको शिंग्रोबा मन्दिरको पछाडि बस खोँचमा खसेर दुर्घटना भएको हो।

उद्धारमा खटिएका कर्मचारीलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले मृतकमा महिला र बालबालिका समेत रहेको जनाएको छ।

बसमा ४० देखि ४५ जना सवार थिए। बसमा फसेका यात्रुलाई निकाल्ने काम जारी रहेको उद्धार टोलीले जनाएको छ।

घाइते यात्रुहरुको खोपोलीनगर अस्पतालमा उपचार भइरहेको छ।

वैशाख २, २०८० शनिबार ११:२२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।