जापानका प्रधानमन्त्री लक्षित गरी ‘स्मोक बम’ प्रहार

जापानका प्रधानमन्त्री लक्षित गरी ‘स्मोक बम’ प्रहार

एजेन्सी : जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण भएको छ।

शनिबार एक सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित गरी ‘स्मोक बम’ फालिएको हो।

बम विष्फोटको आवाज सुनेपछि त्यहाँ हंगामा मच्चिएको थियो। मानिसहरूको भागदौड भएको थियो।

सुरक्षाकर्मीले तत्कालै प्रधानमन्त्रीलाई सकुशल बाहिर निकालेका थिए। यसै क्रममा संदिग्ध आक्रमणकारी पक्राउ परेका छन्।

जापान टाइम्सको रिपोर्ट अनुसार प्रधानमन्त्री किशिदा र्यालीलाई सम्बोधन गर्न वाकायामा शहर पुगेका थिए।

उनले यसै महिनाको अन्त्यमा हुने उपनिर्वाचनका लागि आफ्नो पार्टीको लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको समर्थनमा भाषण दिने भएका थिए।

वैशाख २, २०८० शनिबार ११:०४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।